इटहरी । सुनसरी क्षेत्र नं. ३ बाट निर्वाचित सङ्घीय सांसद भगवती चौधरीले दुहबी नगरपालिका–८, बटेरमारा टोलका करिब ५० विपन्न परिवारलाई झुल वितरण गर्नुभएको छ । हालका दिनमा डेंगुको जोखिम बढ्दै गएको भन्दै स्थानीयबासीले व्यक्त गरेको चिन्तालाई मध्यनजर गर्दै सांसद चौधरीले जनस्वास्थ्य सुरक्षाका लागि यस्तो पहल गर्नुभएको हो। झुल वितरण कार्यक्रमले विपन्न परिवारलाई डेंगु नियन्त्रणमा प्रत्यक्ष लाभ पु¥याउने विश्वास व्यक्त गर्दै सांसद चौधरीले जनताको स्वास्थ्य र सुरक्षालाई पहिलो प्राथमिकता दिने प्रतिबद्धता जनाउनुभयो । स्थानीयवासीहरूले यस कार्यप्रति खुसी व्यक्त गर्दै जनप्रतिनिधिहरूले यस्तै जनहितमुखी कामलाई निरन्तरता दिनुपर्ने बताएका छन्। सामाजिक सरोकारका विषयमा सांसद चौधरीले समय–समयमा यस्ता कदम चाल्दै आएको र यसले जनप्रतिनिधि र जनताबीचको सम्बन्ध अझ मजबुत बनाएको स्थानीय भनाइ छ ।