इटहरी । इटहरीमा २२ वर्षदेखि सञ्चालनमा रहेको एक्सपर्ट एजुकेशन एण्ड भिषा सर्भिसले अष्ट्रेलियाका विभिन्न कलेजका प्रतिनिधिहरुको सहभागितामा अभिमुखिकरण कार्यक्रम गरेको छ । उच्च शिक्षाका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थी तथा अभिभावकलाई लक्षित गरी गरिएको उक्त कार्यक्रममा अध्ययनका लागि आवश्यक शैक्षिक परामर्श, लागत तथा अन्य प्रक्रियागत विषयमा जानकारी गराइएको थियो । कार्यक्रममा सहभागी अष्ट्रेलियाका विभिन्न कलेजका प्रतिनिधिहरुले आफ्ना कलेजमा उपलब्ध विषय, अवसर र खर्च सम्बन्धी विवरण प्रस्तुत गर्दै विद्यार्थी तथा अभिभावकलाई सहजीकरण गरेका थिए । एक्सपर्ट एजुकेशन एण्ड भिषा सर्भिस इटहरीका शिक्षा शाखा प्रमुख मुक्तीनाथ घिमीरेका अनुसार, कार्यक्रममा विद्यार्थी र अभिभावकले प्रत्यक्ष रुपमा प्रतिनिधिसँग छलफल गर्ने अवसर पाएका थिए, जसले आगामी अध्ययन निर्णयमा सहजता पु¥याउने विश्वास गरिएको छ । कार्यक्रममा विभिन्न ठाउँबाट आएका करिब २ सय विद्यार्थी तथा अभिभावकको सहभागिता रहेको प्रबन्ध निर्देशक कमल तिम्सिनाले जानकारी दिनुभयो । अष्ट्रेलियामा केन्द्रीय कार्यालय रहेको एक्सपर्ट एजुकेशन एण्ड भिषा सर्भिसले २०१६ देखि इटहरी शाखा मार्फत सेवा प्रदान गर्दै आएको छ । एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसले अष्ट्रेलिया, क्यानडा, अमेरिका, बेलायत लगायतका मुलुकमा उच्च शिक्षा अध्ययनका लागि जाने विद्यार्थीलाई परामर्श सेवा प्रदान गर्दै आएको छ । साथै, संस्थाले आयल्स ,पिटिइ लगायतका तयारी कक्षा पनि सञ्चालन गर्दै आएको जानकारी दिइएको थियो ।


