इटहरी । यामाहा ब्राण्ड इटहरीले लोकप्रिय मोडल एम टि–फिप्टीन भि–टु र एफजेड एस भि–थ्री नयाँ कलर सहित सार्वजनिक गरेको छ । इटहरीमा रहेको आधिकारिक विक्रेता तिरुपति अटो सिटी मार्फत यी मोटरसाइकलहरु बजारमा उपलब्ध गराइएको हो। नेपाली युवाहरुको रोजाइका मोडलमा नयाँ र आकर्षक कलर थपेर बजारमा ल्याइएको जानकारी तिरुपति अटो सिटीका सञ्चालक संयोग पराजुलीले दिनुभयो। सार्वजनिक गरिएको कार्यक्रममा मोटरसाइकलहरु संयुक्त रूपमा एमएडब्लु इन्टरप्राइजेजका रविन श्रेष्ठ, नेपाल जेसिजका पूर्व कार्यकारी उपाध्यक्ष भीम कुवँर तथा तिरुपति अटो सिटीका सञ्चालक पराजुलीले उद्घाटन गर्नुभयो। उक्त अवसरमा एमएडब्लु इन्टरप्राइजेजका रविन श्रेष्ठले यामाहा मोटरसाइकलहरु युवाहरुमाझ स्टाइल, परफमेन्स र इनोभेसनका कारण लोकप्रिय भएको बताउनुभयो । त्यस्तै प्रमुख अतिथी उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष जिवन पराजुलीले यामाहाका मोटरसाइकलहरु नेपाली बाटो र वातावरणसँग उपयुक्त रहेको उल्लेख गर्नुभयो। नयाँ कलर सहितका एम टि– फिप्टीन भि–टु र एफजेड एस भि–थ्री अहिले इटहरीस्थित तिरुपति अटो सिटीमा बिक्री वितरणमा आएका छन् ।