इटहरी | नेपाल तरुण दल इटहरी उपमहानगरपालिकाको बैठकले इटहरी उपमहानगरपालिका वडा नं. ९ का परिवर्तन केसी खत्रीलाई वडा अध्यक्षमा मनोनयन गरेको छ।
बैठकले खत्रीले दलको नीति, सिद्धान्त र विधानअनुसार जिम्मेवारी वहन गर्ने विश्वास व्यक्त गरेको छ। उहाँ लामो समयदेखि समाजसेवा, व्यवसाय र युवामाझ सक्रिय हुँदै आएका कारण सर्वसम्मत रूपमा वडा अध्यक्षमा जिम्मेवारी दिएको नेपाल तरुण दल इटहरी उपमहानगर समितिका उपाध्यक्ष मनिश चौधरीले जानकारी दिएनु भयो ।
मनोनयन कार्यक्रममा नेपाल तरुण दल इटहरी उपमहानगर समितिका अध्यक्ष अनिश सुवेदीले औपचारिक रूपमा जिम्मेवारी प्रदान गर्दै खत्रीले संगठनलाई अझ सशक्त बनाउन महत्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गर्नुभयो। सुवेदीले युवा नेतृत्वले समाज र राजनीतिमा सकारात्मक प्रभाव पार्ने भन्दै खत्रीलाई सफल कार्यकालको शुभकामना दिनुभयो।
नव–मनोनित वडा अध्यक्ष परिवर्तन केसी खत्रीले विश्वासका साथ दिएको जिम्मेवारीलाई इमानदारीपूर्वक निर्वाह गर्ने प्रतिवद्धता जनाउँदै युवामाझ संगठनलाई अझ सक्रिय र बलियो बनाउन अग्रसर हुने बताए। उनले युवा सहभागिता, सामाजिक अभियान र संगठन सुदृढीकरणलाई आफ्नो प्राथमिकतामा राख्ने उल्लेख गर्नु भयो ।


