बाबा हुन् कुलपूज्य कौशल कला कर्तव्यका कारक।
बाबाको खुदिलो खुराक खटनी,खाका खरो खास छ।
बाबा नै गतिला गुणी गहकिला गार्हस्थ्य गिर्वाण हुन्।
बाबा नै घरबार हुन् घनित हुन् घ्रातव्यका घ्राण हुन्।१|
बाबा चिन्तक चेत चाहत चिवा चैतन्यका चाँदनी।
बाबा छाक छुधा छिमी छवि
छटा छाता छिमा छादनी।
बाबा जागन जात्य ज्योति जहडी जेथा जिली जीवन।
बाबा झालन झाँस झाँजन झिटी झिल्को झुलो झल्कन।२|
बाबा हुन् टकसार टाक टिउरी टेवा टुँडा टाकुरा।
बाबा ठेट ठुआ ठिकान ठुमरी ठेचो ठुलो ठोकुवा।
बाबा डेग डिगाम डाक डुङरो डाको डँडाल्नो डिको।
बाबा ढाडस ढाल ढेकुल ढलो ढेरी ढिकेरी ढिठो।३|
बाबा तत्त्व तपस्थ तिर्थ तप हुन् तादात्म्य हुन् त्राण हुन्।
बाबा थातथलो थडी थिर थिती थेगाइ हुन् थान हुन्।
बाबा दीनदयालु दामन दया दौला दिया दिव्य हुन्।
बाबा ध्यान धुरा धिराज धरणी धौली धृता धन्य हुन्।४|
बाबा पावन पोम प्राकृत परा प्रारव्धका प्राण हुन्।
बाबा फारस फाँट फाणित फिका फोसा फुने फाम हुन्।
बाबा बालसखा बलिष्ठ बहना बान्की बलाई बिडो।
बाबा भौतिक भौम भाल भविता भाषा भरोसा भिडो।५|
बाबा मोहक मेदिनी मृदु मिना माला मियो मिट्ठ हुन्।
बाबा योग्य यमी युगङ्कर युवा यज्ञाङ्गका यत्न हुन्।
बाबा राम रमेश रास रचना राधाङ्गका रत्न हुन्।
बाबा लाक लगाब लोचन लडी लावण्यका लक्ष्य हुन्।६|
बाबा नै वरदानका वलय हुन् वागीश हुन् वाग हुन्।
बाबा शान्त शशाङ्क शासक शिखा शास्त्रज्ञ श्यामाक हुन्।
बाबा नै समभाव साधन स्वयम् सामर्थ्य हुन् साध्य हुन्।
बाबा हैकम हौस हिम्मत हुती हुङ्कार हुन् हाँक हुन्।७|


