इटहरी | इस्लाम धर्मका अन्तिम सन्देशवाहक पैगम्बर हजरत मुहम्मद मुस्तफा (स.अ.स.) को १५००औँ जन्मोत्सवको अवसरमा इटहरीको माया घरमा शुक्रबार १४६ जनालाई नि:शुल्क खाना वितरण गरिएको छ।

कार्यक्रम अहले सुन्नत वेलफेयर सोसाइटी इटहरी र नेपाल मुस्लिम समाज इटहरी नगर समितिको संयुक्त आयोजनामा सम्पन्न भएको हो।

कार्यक्रममा अहले सुन्नत वेलफेयर सोसाइटी इटहरीका अध्यक्ष हजरत मिया, नेपाल मुस्लिम समाज इटहरीका अध्यक्ष मो. नसरुदिन मिया, अहले सुन्नतका सचिव सोएब हाफिजि, नेपाल मुस्लिम समाज इटहरीका सभापति तथा विशिष्ट अतिथि एम. डि. नौसाद, माया घर नेपालकी अध्यक्ष सुभद्रा प्याकुरेल, कोषाध्यक्ष लक्ष्मी बराल र नेपाल मुस्लिम समाज कोशी प्रदेशका उपसभापति बसिर मिया विशेष उपस्थित थिए।

वक्ताहरूले पैगम्बर हजरत मुहम्मद (स.अ.स.) का शिक्षालाई जीवनमा उतार्दै शान्ति, सद्भाव र मानवीय सेवामा सक्रिय भूमिका खेल्न सबैलाई आग्रह गरेका थिए।

कार्यक्रममा आयोजक समिति र स्थानीय समुदायजनको उत्साहपूर्ण सहभागिता रहेको थियो।IMG-20250904-WA0010