इटहरी । नेपालमा हुने विभिन्न मानव तस्करी तथा बेचबिखन विरुद्धमा सबै एकजुट भएर लाग्नुपर्ने धनकुटाका स्थानिय सरकोकारवाला हरुले बताएका छन् । शुक्रबार मानव बेचबिखन विरुद्धको १९औं राष्ट्रिय दिवसको अवसरमा गरिएको एक कार्यक्रममा उनिहरुले यस्तो बताएका हुन्। नेपालमा विभिन्न प्रलोभन देखाएर जागिर तथा अन्य देशमा काम दिलाउन लैजान्छु भनेर मानव बेचबिखन गर्ने गरेको पाइएको छ । जागिर लगाईदिन्छु भनेर पशु झै बेचबिखन गरेकाले त्यस्तालाई जन्मकैद सजाय हुनुपर्ने सहभागिहरुको माग रहेको छ । धेरै जसो महिलाहरु आर्थिक रुपले कमजोरी भएका कारण पैसको प्रलोभनमा पर्ने भएकाले मानव तस्करीको जालोमा फसेको पाईएको धनकुटा नगरपालिका उप–प्रमखु भिमादेवी खनालले बताउनु भयो । मावन बेचबिखन घटनामा जो कोही पनि सम्लग्नलाई आवश्यक कारबाहिको दायरामा ल्यउनुपर्ने त्यसका लागि सवैलाई लाग्न समेत उहाँको आग्रह रहेको थियो।  यस्तै कार्यक्रममा बोल्दै धनकुटाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले वि.सं. २०६४ मा मानव बेचबिखन विरुद्धको कानुन बनेको भएपनि त्यस्ता मानव तस्करीहरुलाई नियन्त्रण गर्न नसकेकोमा दुख व्यक्त गर्दै सबैको साथको खाचो रहेको औल्याउनु भयो । ‘तीनै तहका सरकार मिली गरौं हातेमालो ः मानव बेचविखनको हटाऔं दुश्चत्रको जालो’ भन्ने मुल नाराका साथ धनकुटा नगरपालिका र जिल्ला प्रहरी कार्यालय धनकुटाको आयोजनामा मानव बेचबिखन विरुद्धको १९ औं राष्ट्रिय दिवसको अवसरमा प्रभातफेरी कार्यक्रमको आयोजना गरीएको हो। कार्यक्रममा धनकुटा नगरपालिका, जिल्ला प्रशासन कार्यालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, मानव बेचबिखन विरुद्ध अभियानका संघ संस्था, स्थानिय, जनप्रतिनिधी सरकोकारवालहरु लगायतको सहभागिता रहेको थियो। धनकुटाको भिमनारण चोकबाट सुरु भएको प्रभात फेरी कार्यक्रम भिमषेनथान, जिल्ला प्रहरी कार्यालय हुँदै परिचय मोड, कोशी ग्यास, मदन चोक हुँदै बसपार्कमा आएर कोण सभामा परिणत भएर समापन भएको थियो ।