इटहरी । नुरी जामा मस्जिद, इटहरीले आयोजना गरेको पैगम्बर हजरत मुहम्मद (स.) को १५०० औं जन्मजयन्तीको र्याली कार्यक्रममा नेपाल तरुण दल इटहरीका पदाधिकारीहरूले मुस्लिम समुदायसँग हर्षोल्लासपूर्वक सहभागिता जनाएका छन्।
कार्यक्रमका क्रममा नेपाल तरुण दलका पदाधिकारीहरूले सहभागीहरूलाई पानी र जुस वितरण गर्दै एकताको सन्देश पनि दिएका थिए।
सो अवसरमा नेपाल तरुण दल इटहरीका उपाध्यक्ष मनिश चौधरीले यो सहभागिताले सम्प्रेषणमा धार्मिक सद्भाव र सहअस्तित्वको सन्देश जाने बताएका छन्। त्यस्तै, अध्यक्ष अनिश सुवेदीले सबै धर्म, संस्कृति र समुदायबीच आपसी मेलमिलाप र सद्भावना प्रवर्द्धन गर्न यस्ता कार्यक्रमहरू महत्त्वपूर्ण हुने बताउनुभयो।


