इटहरी | राष्ट्रिय बाल दिवसको अवसरमा प्रभात सामुदायिक युवा क्लबले अन्तरविद्यालय स्तरीय हाजिरजवाफ प्रतियोगिता आयोजना गरेको छ। कार्यक्रममा सरकारी तथा निजी गरी १४ वटा विद्यालयको सहभागिता रहेको थियो।

प्रतियोगितामा बालजरण विद्यामन्दिर प्रथम, जनता मा.वि. द्वितीय र सुनाखरी मा.वि. तृतीय स्थान हासिल गरेका छन्। विजयी विद्यालयलाई ट्रफी, मेडल, प्रमाणपत्र तथा नगद राशिबाट सम्मान गरिएको आयोजकले जनाएको छ।

कार्यक्रममा प्रमुख अतिथि रूपमा वडा नं. ८ का वडाध्यक्ष तथा क्लबका निवर्तमान अध्यक्ष नविनजंग कार्की उपस्थित रहनुभएको थियो भने विशिष्ट अतिथि रूपमा महिला तथा बालबालिका शाखा अधिकृत गीता कटेलको उपस्थिति रहेको थियो। त्यस्तै क्लबका अन्य निवर्तमान अध्यक्षहरू, स्थानीय बुद्धिजीवी तथा समुदायका प्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो।IMG-20250905-WA0021

कार्यक्रम भव्य तथा सभ्य रूपमा सम्पन्न भएको आयोजकले जानकारी दिएको छ।