इटहरी | भारतको नर्थ बेङ्गलोरमा सम्पन्न उसु कुङफु च्याम्पियनसिप–२०२५ मा इटहरी उसु क्वानका खेलाडीहरूले ऐतिहासिक सफलता हासिल गरेका छन्। प्रतियोगितामा इटहरीका पाँच खेलाडीले स्वर्ण पदक र दुई खेलाडीले कांस्य पदक जित्दै नेपालको प्रतिनिधित्वलाई गौरवान्वित बनाएका छन्।
सेप्टेम्बर २ देखि ४ तारिखसम्म चलेको उक्त प्रतियोगितामा कोच दीपक कार्कीको नेतृत्वमा सहभागी टोलीले उत्कृष्ट प्रदर्शन गरेको थियो। बिहीबार स्वदेश फर्किएका विजयी टोलीलाई कोशी प्रदेश उसु महासङ्घका प्रदेश सदस्य लोकेन्द्र कोइरालासहित पदाधिकारीहरूले स्वागत तथा बधाई दिएका छन्।
स्वर्ण पदक विजेता खेलाडीहरूमा अनीश राई, अबिन राई, अम्बिका कार्की, सलीना भुजेल र दीपसन कार्की रहेका छन् भने जितेन चौधरी र कमला रेग्मीले कांस्य पदक जित्न सफल भएका छन्।



