इटहरी | इटहरी युथ ओपन क्र्युको आयोजनामा स्काउट विद्यार्थीहरूको शारीरिक, मानसिक, बौद्धिक तथा व्यवहारिक ज्ञान विकास गर्ने उद्देश्यले बिनाभाँडो खाना पकाउने प्रतियोगिता गरिएको थियोे ।
कार्यक्रममा इटहरी उपमहानगरपालिका, बराहक्षेत्र नगरपालिका, रामधुनी नगरपालिका लगायतका स्काउट ट्रुपहरूको सहभागिता रहेको थियो। प्रतियोगिताको सभापतित्व श्री सरस्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक लेखनाथ भट्टराईले गर्नुभएको थियो भने प्रमुख अतिथि सुनसरीका पूर्व जिल्ला समन्वय आयुक्त तथा धरान स्थानीय परिषद सदस्य एवं सहायक राष्ट्रिय प्रशिक्षक लक्ष्मण राई रहनुभएको थियो।
प्रतियोगिताको निर्णायकमा धरानका हरिकृष्ण श्रेष्ठ, मोरङका पूर्व जिल्ला संगठन आयुक्त गोबिन्द गडेरी, र विराटनगरका नारायण खवास रहनुभएको थियो। कार्यक्रममा डिल्ली कुमार शर्मा संयोजक रहनुभएको थियो।
प्रतियोगिताबाट श्री सरस्वती स्काउट ट्रुप, इटहरी प्रथम , श्री ज.डे.ज. स्काउट ट्रुप, बराहक्षेत्र द्वितीय आरम्भ स्काउट ट्रुप, रामधुनी तृतीय र श्री महेन्द्र स्काउट ट्रुप, इटहरी सान्त्वना भएका इटहरी युथ ओपन क्र्युका अध्यक्ष फणीन्द्र प्रसाद दाहालले जानकारी दिनु भयो ।
सौजन्य भानु पराजुलीद्वारा प्रदान गरिएको माया चिनो स्वरूपका पुरस्कारमा विजयी स्काउट ट्रुपहरूलाई प्रदान गरिएको थियोे ।


