इटहरी | पूर्वाञ्चलमा विश्वप्रसिद्ध मोटरसाइकल ब्राण्ड ट्रायम्फ (Triumph Motorcycles) को आधिकारिक डिलरशिप इटहरीमा सुरु भएको छ। यातायात कार्यालय नजिकै रहेको अटो सिटी, इटहरी मा नयाँ शो–रुमको भव्य उद्घाटन गरिएको हो।
उद्घाटन कार्यक्रमका प्रमुख अतिथि गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले इटहरीस्थित नयाँ ट्रायम्फ शो–रुमलाई नेपालमै अहिलेसम्मकै उत्कृष्ट शो–रुम भएको उल्लेख गर्नुभयो। उहाँले शो–रुमको विशाल संरचना, आकर्षक डिजाइन तथा विश्वस्तरीय सुविधा प्रशंसा गर्नुभयो।
गोल्छाका अनुसार, प्रदीप संथालिया र जयन्त संथालिया साथै अटो सिटी इटहरीको निरन्तर मेहनतकै कारण यस किसिमको भव्य शो–रुम पूर्वाञ्चलमा सम्भव भएको हो।
ट्रायम्फ मोटरसाइकलले छोटो समयमा नै नेपालको मोटरसाइकल बजारमा उल्लेखनीय सफलता हासिल गरेको छ। आफ्नो सेग्मेन्टमा ट्रायम्फ नेपालकै सबैभन्दा छिटो बढ्दो बिक्री हुने मोटरसाइकल ब्राण्ड बनेको छ। काठमाडौंस्थित शो–रुम उद्घाटन भएलगत्तै २०० भन्दा बढी मोटरसाइकल वितरण भएको थियो भने, इटहरीमा सुरु भएको नयाँ शो–रुमले छोटो समयमा नै ४० वटा मोटरसाइकल बिक्री गर्न सफल भएको छ।
नेपालमा रहेका प्रिमियम मोटरसाइकल ब्राण्डहरूमध्ये हाल ट्रायम्फ सबैभन्दा लोकप्रिय र बढी माग हुने ब्राण्ड बनेको छ।
यसका मोटरसाइकलहरू विशेषगरी क्लासिक लुक, आधुनिक प्रविधि र ब्रिटिश शैलीका लागि चिनिन्छन्। क्लासिक, रोडस्टर, एड्भेन्चर, क्रूजर र स्पोर्ट जस्ता विभिन्न सेग्मेन्टमा उत्पादन गर्ने इटहरी ब्रान्चका सञ्चालक जयन्त सन्थलियाले बताउनुभयो ।
अन्य मोटरसाइकलको तुलनामा ठूलो क्षमता भएका इन्जिन (२-सिलिन्डर र ३-सिलिन्डर) प्रयोग गर्छ। ABS, राइडिङ मोड, ट्र्याक्सन कन्ट्रोल, TFT डिस्प्ले जस्ता आधुनिक फिचरहरू उपलब्ध गराएको हुन्छ। क्लासिक रोड रेसिङदेखि अफ-रोड एड्भेन्चरसम्म प्रयोग हुने खालका मोटरसाइकल उत्पादन गर्ने कम्पनी हो ।


