इटहरी । सुनसरीमा एक दलित युवतीको जवरजस्ती कारणी मुद्धामा पिडकले धाकधम्की र प्रलोभन दिएर मानसिक तनावमा दिएको भन्दै युवतीले जिवन रक्षाको अपिल गरेकी छिन् । इटहरी–९ स्थित डायमन्ड ज्वेलर्सका सञ्चालक सोना विकले भदौ १० गते आफ्नै २५ वर्षिय कर्मचारीको कोठामा जवरजस्ती छिरेर करणी प्रयास गरेका थिए । घटना पश्चात इलाका प्रहरी कार्यालय इटहरीमा विक बिरुद्ध जवरजस्ती करणी उघोगमा पिडित युवतीले जाहेरी दिएकी थिईन् । जाहेरी पश्चात पक्राउ पुर्जी जारी भएपनि हालसम्म आरोपी भने पक्राउ परेका छैनन् । तर बिकका परिवार र उनि निकट व्यक्तिहरुले घरमा आएर पैसामा मुद्धा मिलाउन दबाब दिइरहेको पिडित युवतीको भनाई छ । आफुमाथि भएको अन्यायको लागि प्रहरी कार्यालयमा न्याय माग गर्न जाहेरी दिदा समेत हाल बिक पक्राउ नपरेको र त्यसमा पनि मुद्धा मिल्न अनावश्यक धाकधम्की दिदा आफु र परिवार असुरक्षित महशुस गरेको युवतीको भनाई छ । युवतीले दैनिक जसो नयाँ नयाँ मान्छे कोठामा आउदा डर क्रास फैलिएको बताउदै बिकलाई चाडो पक्राउ गर्न प्रहरी प्रशासन र मानवअधिकारवादी संस्थालाई आग्रह गरेकी छिन् ।यता, युवतीको मुद्धामा इटहरी प्रहरीको भूमिकामाथि शंका उब्जिएको मानव अधिकारकर्मीको भनाइ छ । युवतीलाई पिडिक पक्षले निरन्तर धाकधम्की र प्रलोभन दिखाइरहदा प्रहरी प्रशासनले यस्ता कार्यलाई रोक्न नखोजेको मानव अधिकारवादी अभियन्ता गंगा राम खत्वे बताउनुहुन्छ । साथै आरोपी सुन व्यवसायी र उनको परिवारले देखाइरहेको व्यवहारले युवतीको मुद्धामा आर्थिक चलखेलको गन्ध आउन थालेको उहाँले बताउनुभयो । पिडित पक्षका अनुसार बिक थर भएपनि उनि बङलादेशी नागरिक भएको दाबी गरिएको छ । उनको नेपाली नागरिकताको समेत छानबिन गर्न प्रहरी प्रशासन समक्ष पिडित परिवारको माग छ । यता इलाका प्रहरी कार्यालय इटहरीले जबरजस्ती करणी उघोगमा फरार बिकको खोजी भइरहेको दाबी गरेको छ ।