इटहरी । मोरङको पथरी शनिश्चरे–४ स्थित सरस्वती आधारभूत विद्यालय प्राङ्गणमा थारु समुदायले जितिया पर्व विशेष सांस्कृतिक कार्यक्रम कार्यक्रम मनाएका छन् । “भाषा, संस्कृति, भेषभूषा र जातीय पहिचानको संरक्षण” भन्ने नाराका साथ थारु कल्याणकारिणी सभा पथरी शनिश्चरेको आयोजनामा भएको कार्यक्रममा नगर प्रमुख मोहनप्रसाद तुम्बापोले विविधतामा एकता रहेको उल्लेख गर्दै सबै समुदायको संस्कृति संरक्षणमा नगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो । थारु कल्याणकारिणी समितिका मोरङ अध्यक्ष प्रदीप विश्वासले थारु भाषा, पोशाक, साहित्य, संस्कृति जोगाउन आग्रह गर्नुभयो । वक्ताहरूले तीन दिन सम्म निराहार बस्ने महिलाहरूको यो मौलिक पर्व सन्तानको सुख–समृद्धिसँग जोडिएको बताए । उक्त अवसरमा आदिवासी जनजाति महासंघ पथरी शनिश्चरेका अध्यक्ष देवेन्द्र वनेम र नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का केन्द्रीय उपाध्यक्ष अर्जुन जम्नेली राईले आदिवासी जनजाति सम्बन्धी अन्तर्राष्ट्रिय कानून र सर्वोच्च अदालतको आदेश अनुसार आवश्यक कानुन नीति निर्माणमा संघ, प्रदेश र स्थानीय तहलाई सक्रिय हुन आग्रह गर्नुभयो । थारु कल्याणकारिणी सभा पथरी शनिश्चरे नगर अध्यक्ष रामनारायण चौधरीको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा थारु कल्याणकारिणी सभा कानेपोखरीका अध्यक्ष विद्यानन्द चौधरी , पथरी शनिश्चरे वडा नं ८ का वडा अध्यक्ष नवीन जंग कार्की, वडा नं ४ का वडाध्यक्ष लोक किरण न्यौपाने, वडाध्यक्ष चेन खड्का ,वडा नं ८ सदस्य बावुराम चौधरी , कार्यपालिका सदस्य कल्पना श्रेष्ठ लगायतले शुभ–कामना मन्तब्य राख्नु भएको थियो। कार्यक्रममा थारु गायिका अञ्जना चौधरीले गीत प्रस्तुत गर्नुभयो भने १० वटा सांस्कृतिक टोलीले नृत्य मार्फत मनोरञ्जन प्रदान गरेका थिए । अतिथिहरूलाई थारु समुदायको मौलिक परिकार बग्या, रोटी र जेरी सगुन स्वरूप प्रदान गरिएको थियो।