इटहरी । धरानमा रहेको भाटभटेनी सुपरमार्केटमा जलेको अवस्थामा एउटा शव फेला परेको छ । शव फेला परेको सुनसरीका प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाले पुष्टि गरेका छन् । आज बिहान आगो नियन्त्रणमा लिने क्रममा शव फेला परेको हो । जेनजी आन्दोलनका क्रममा धरानसहित कोशीका विभिन्न स्थानका भाटभटेनीमा आगजनी र लुटपाट भएको थियो । शव जलेको अवस्थामा कंकाल मात्रै फेला परेको छ । कसको हो भन्ने विषयमा पहिचान हुन सकेको छैन । शवको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ ।