रामधुनी । हालै रामधुनी नगरपालिकामा भएको GenZ आन्दोलनलाई शान्तिपूर्ण र सुरक्षित बनाउन महत्त्वपूर्ण योगदान पुर्याएका प्रहरीप्रति स्थानीय तहका नेतृत्वहरूले आभार व्यक्त गरेका छन्।
GenZ का रामधुनीका युवाहरूले इन्स्पेक्टर सुजन मुदेल तथा सम्पूर्ण प्रहरीलाई विशेष धन्यवाद दिँदै भन्नुभयो, “सुजन सर अत्यन्तै इमानदार र निष्ठापूर्वक आफ्नो कार्य सम्पादन गर्नुहुन्छ। उहाँ GenZ ले समेत रुचाएको प्रहरी हुनुहुन्छ।”
उनका अनुसार आन्दोलनका क्रममा कुनै ठूलो भौतिक क्षति हुन नदिन इन्स्पेक्टर मुदेलको नेतृत्वमा खटिएका सुरक्षाकर्मीहरूको सक्रियता निर्णायक साबित भएको छ। “उहाँहरूको निष्ठा र तत्परताका कारण आन्दोलन शान्तिपूर्ण ढंगले सम्पन्न भएको ”रामधुनी जेनजीका युवाहरूले बताएका छन् ।
यसअघि देशका विभिन्न स्थानमा GenZ आन्दोलनका क्रममा आगजनी, तोडफोड र व्यापक क्षति भएकोमा रामधुनीमा भने प्रहरी र आन्दोलनकारीबीच आपसी विश्वासका कारण अवस्था नियन्त्रणमै रहेको बताइन्छ।
स्थानीय बासिन्दाहरूले पनि प्रहरीको संयम र जिम्मेवार भूमिकाको प्रशंसा गरेका छन्। उनीहरूको भनाइमा, रामधुनीमा शान्तिपूर्ण वातावरण कायम गर्न सुरक्षाकर्मीहरूको प्रयासले अन्य ठाउँका लागि उदाहरण स्थापित गरेको छ।


