इटहरी । ताप्लेजुङमा पछिल्लो चार दिनदेखि लगातार लगाइएको निषेधाज्ञा र कर्फ्यू हटाइएसँगै जनजीवन सामान्य बनेको छ । जेनजी आन्दोलनका कारण देशमा विषम परिस्थिति सिर्जना भएपछि गएको बुधबारयता लगाइएको निषेधाज्ञा र कर्फ्यू शनिबारदेखि हटाइएपछि जनजीवन सामान्य बन्दै गएको हो । जेनजी आन्दोलनका नाम हुने प्रदर्शन, हुलदङ्गा र अराजक गतिविधिले जिल्लाको शान्ति सुरक्षामा खलल् आउनसक्ने भन्दै प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँले बुधबार बिहानदेखि निषेधाज्ञा र कर्फ्यू लगाउनुभएको थियो । निरन्तरको निषेधाज्ञा र कर्फ्यूका कारण जिल्लाको जनजीवन असमान्यजस्तै बनेको थियो । आन्दोलनको अवस्था सामान्य बन्दै गएसँगै शुक्रबार राति पूर्वप्रधानन्यायाधीस सुशील कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त हुनु भएपछि शनिबारदेखि निषेधाज्ञा र कर्फ्यू हटाइएको छ । पछिल्लो परिस्थिति सामान्य बन्दै गएकाले निषेधाज्ञा र कर्फ्यू हटाइएको जिल्ला प्रशासन कार्यालयकी सूचना अधिकारी एवम् सहायक प्रमुख जिल्ला अधिकारी सन्दीपा खड्काले जानकारी दिनुभयो । गएको बुधबारदेखि जिल्लाभर दिउँसो निषेधाज्ञा र राति कर्फ्यू लगाइँदै आएको थियो । यता जेनजी पुस्ताले गरेको देशव्यापी आन्दोलनअन्तर्गत ताप्लेजुङमा पनि भ्रष्टाचारविरुद्ध प्रदर्शन गरिएको थियो । प्रदर्शनसँगै जेनजी समूहकै नाममा फुङ्लिङ नगरपालिकाको प्रशासकीय भवन क्षतिग्रस्त हुने तोडफोड र आगजनी गरिएको छ । त्यस्तै नेपाली काँग्रेस, नेकपा ९एमाले०, नेकपा ९माओवादी केन्द्र०, राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० लगायत राजनीतिक दलका जिल्ला पार्टी कार्यालयहरुसमेत तोडफोड गरी क्षति पुर्‍याइएको छ ।त्यसैगरी पाथीभरा क्षेत्रमा निर्माण गरिएको हेल्थ डेस्क ९स्वास्थ्य सहायता० भवन र टि हाउस पनि आगजनी गरी नष्ट गरिएको छ । माथिल्लो तमोर जलविद्युत आयोजनाको दुई वटा टिप्पर र निर्माण लगायतका सामान भण्डारण गरी रारिएको स्टोर भवनमा पनि जेनजी समूहकै नामबाट आगजनी गरी क्षति पुर्‍याइएको छ ।