इटहरी । विराटनगर–रानी नाकामा सर्वसाधारणलाई आवतजावतमा कडाई गरिएको छ । नाकामा नेपालतर्फ नेपाल प्रहरी र भारततर्फ भारतीय प्रहरी खटिएर कडाइका साथ चेकजाँच गरिरहेका छन् । नाकामा ठूलो गेट लगाएर आवतजावत नियमन गरिएको छ । सर्वसाधारणले भारततर्फ किनमेलका लागि जाँदा र फर्कदा नागरिकता वा परिचयपत्र देखाउनुपर्ने व्यवस्था गरिएको छ । तर, साइकल, मोटरसाइकल र अन्य सवारी साधनहरू भने नाकाबाट आवतजावत गर्न रोक लगाइएको छ । सुरक्षाकर्मीहरुले जेलबाट भागेका व्यक्तिहरु भारततर्फ नजान दिन विशेष निगरानी राखिएको बताएका छन् । यसैबीच, भारतको जोगबनी बजारमा समेत भीडभाड अहिले धेरै कम देखिएको छ । आन्दोलनपछि रोकिएको भन्सार नाकामा आयात निर्यात सुरु भएको छ ।


