सुनसरी । सुनसरीको दुहबीमा जेनजि स्वतन्त्र युवा समूह गठन गरिएको छ । रितेश हलुवाई संयोजक तथा चन्दन बैठा सचिव रहने गरी प्रारम्भिक रूपमा ३१ सदस्यीय समिति घोषणा गरिएको हो ।

नेपालमा जेनजि पुस्ताले भ्रष्टाचारविरुद्ध गरेको आन्दोलनले ऐतिहासिक सफलता प्राप्त गरेपछि दुहबीमा पनि स्वतन्त्र रूपमा खबरदारी गर्ने उद्देश्यले यो समूह गठन गरिएको सचिव चन्दन बैठाले जानकारी दिए ।

उनका अनुसार यो समिति तत्कालीन संरचना मात्र भएकाले चाँडै नै सबै युवाको सहभागितासहित नयाँ पूर्ण समिति चयन गरिने छ । समूहले दुहबीका युवाहरुलाई भ्रष्टाचार, बेथिति र गलत कार्यविरुद्ध सचेत र सक्रिय हुन आह्वान गरेको छ ।