इटहरी । जेन–जी आन्दोलनका क्रममा इटहरी चोकस्थित इलाका प्रहरी कार्यालय जलाइएपछि सुरक्षा र सेवा प्रदानमा चुनौती उत्पन्न भएको छ। प्रहरीको कार्यालयमा रहेका सामाग्री जलेर नष्ट भएका कारण इटहरी प्रहरीले अहिले तरहरा प्रहरी चौकीबाट सेवा दिँदै आएको हो। इटहरी प्रहरीका डीएसपी लक्ष्मी भण्डारीका अनुसार प्रहरी कार्यालय जलेकोले सीमित जनशक्तिले तरहरा चौकीबाट नागरिकलाई शान्ति–सुरक्षा र प्रहरी सेवा प्रदान गरिरहेको छ। कार्यालयका सामग्री र उपकरण जलेर नष्ट भएको उनले बताए। अहिले सुरक्षा कायम राख्न र नागरिकलाई आवश्यक सेवा दिइरहेको उनको भनाइ छ। उनका अनुसार इटहरी चोक प्रहरी कार्यालय जलेको कारण तरहरा प्रहरी चौकीबाट सीमित जनशक्ति खटाएर नागरिकलाई शान्ति–सुरक्षा प्रदान गरिएको छ।


