काठमाडौं । जेनजी आन्दोलनपछि उत्पन्न राजनीतिक परिस्थिति कारण बन्द रहेका फिल्म हल सोमबारदेखि पुनः सञ्चालनमा आउने भएका छन्। नेपाल चलचित्र सङ्घले आइतबार बसेको बैठकमार्फत फिल्म हल खोल्ने निर्णय गरेको हो।

चलचित्र सङ्घका अध्यक्ष नरेन्द्र महर्जनले सोमबारदेखि सबै फिल्म हल नियमित सञ्चालन हुने जानकारी दिएका छन्। उनका अनुसार हल बन्द हुनु अघि रिलिज भएका फिल्महरूलाई नै पहिलो चरणमा निरन्तरता दिइनेछ।