इटहरी । रंजिता श्रेष्ठ नेतृत्वको नारगरिक उनमुत्ति पार्टीले जनता तथा कार्यकर्ताहरुको मनोभावना अनुसार काम नगरेको  र सत्तामोहमा केन्द्रित भएको भन्दै सुनसरीका अधिकासं अगुवा कार्यकर्ताहरुले पार्टी परित्याग गरेका छन् । आज सुनसरीको इटहरी १२ स्थित खनारको रेडकक्रस भवनमा संयुत्त पार्टी परित्याग कार्यक्रमको आयोजना गदै सुनसरीका ३ दर्जन अगुवा कार्यकर्ता तथा नेताहरुले पार्टी परित्यागको घोषणा गरेका हुन् ।  हालैको जेनजी आन्दोलन प्रति ऐक्यबद्धता जनाउँदै केही नेताहरुले पार्टी परित्याग गरेको घोषणा गरेका हु्न । २०८२ साल भदौ २३ र २४ गते भएको राज्य द्वारा ७२ जनाको हत्या र सहादत प्राप्त गरेका विद्यार्थी, दिदीबहिनी र आम नागरिक प्रति श्रद्धाञ्जली अर्पण गर्दै आन्दोलनलाई भौतिक तथा नैतिक समर्थन रहेको पार्टीका इटहरी नगर कमिटि अध्यक्ष शेषक राम थानदारले बताउनुभयो । मुलुकमा यति धेरै उथलपुथल भएपनी पार्टी जनताप्रति बफदार नदेखिएको उहाँले आरोप लगाउनुभयो । पार्टि परित्याग गरेका नेता तथा कार्यकताहरु अहिले कुनै पनी पार्टीमा सामेल नहुने बताएका छन् । यसअघि २०७९ साल भदौ ७ र ८ गते कैलालीको टिकापुर घटनाबाट सृजित नेता रेशमलाल चौधरी जेलमा रहेका बेला पनि देशव्यापी आन्दोलन भएको उल्लेख गर्दै कार्यक्रममा दिइएको विज्ञप्तिमा हालसम्म नागरिक उनमुत्तिले जनअपेक्षा अनुसार काम नगरेको आरोप लगाइएको छ । सोही कारण प्रतिनिधि सभा, प्रदेश सभा तथा स्थानीयतहमा करिब २ लाख ७८ हजार मत पाएको भएपनि पार्टीले जनअपेक्षा पुरा नगरेको निष्कर्ष विज्ञप्तिमा प्रष्ट गरिएको छ ।