इनरुवा, सुनसरी – संविधान दिवस २०८२ को अवसरमा नेकपा एमाले सुनसरी जिल्ला कमिटी र नेपाली कांग्रेस सुनसरीले संयुक्त रूपमा प्रभातफेरी तथा कोणसभा आयोजना गरेका छन्। कार्यक्रम आज बिहान इनरुवामा भव्य रूपमा सम्पन्न भएको हो।

प्रभातफेरी नेकपा एमालेको सुनसरी पार्टी कार्यालयबाट सुरु भई इनरुवाको इनार चोकमा पुगेर कोणसभामा परिणत भएको थियो। र्यालीमा सहभागीहरूले राष्ट्रिय झण्डा फहराउँदै संविधान र लोकतन्त्रको सम्मानमा नारा लगाएका थिए।

IMG-20250919-WA0012

कोणसभामा नेकपा एमाले सुनसरीका अध्यक्ष परशुराम यादवले संविधानको रक्षा र कार्यान्वयनमा सबै दलहरू एकजुट हुनुपर्नेमा जोड दिनुभयो। उहाँले भन्नुभयो, "संविधान हाम्रो राष्ट्रिय एकताको आधार हो। यसको कार्यान्वयनमा हामी सबैको समान जिम्मेवारी छ।"

IMG-20250919-WA0013

त्यसैगरी नेपाली कांग्रेस सुनसरीका जिल्ला सभापति केदार भण्डारीले लोकतान्त्रिक मूल्य र संविधानिक व्यवस्थाको सुदृढीकरणका लागि सबै दलबीच सहकार्य आवश्यक रहेको बताउनुभयो। उहाँले भन्नुभयो, "संविधान दिवस हामी सबैका लागि गौरवको दिन हो। यो संविधान जनताको बलिदानबाट प्राप्त भएको हो, यसको संरक्षण र सम्मान सबै नागरिकको कर्तव्य हो।"

IMG-20250919-WA0011

कार्यक्रममा विभिन्न राजनीतिक दलका कार्यकर्ता, समाजसेवी, विद्यार्थी तथा स्थानीयवासी गरी हजारौंको सहभागिता रहेको आयोजकले जनाएका छन्।

संविधान दिवसको अवसरमा आयोजना गरिएको संयुक्त कार्यक्रमले राजनीतिक सहकार्यको राम्रो सन्देश दिएको स्थानीय नागरिकहरूको भनाइ छ l

IMG-20250919-WA0007