सुनसरी, गढी – नेपालको संविधान दिवस २०८२ को अवसरमा गढी गाउँपालिकाले विशेष कार्यक्रमको आयोजना गरी दीप प्रज्वलन सहित नेपालको झन्डा फहराएर संविधान दिवस मनाएको छ।
गाउँपालिका प्राङ्गणमा आयोजित कार्यक्रममा नेपालको नक्सा, नेपाली झण्डा को रङ्गोली सहित झन्डालोत्तन, दीप प्रज्वलन तथा जेनजी आन्दोलनका सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै राष्ट्रिय गौरव र ऐक्यबद्धताको सन्देश दिइएको थियो।

कार्यक्रममा कोशी प्रदेशसभा सदस्य रामदेव मेहता प्रमुख अतिथिका रूपमा उपस्थित थिए। गाउँपालिका अध्यक्ष आशा नारायण चौधरी, उपाध्यक्ष अनिता कुमारी शाह, प्रमुख प्रशासकीय अधिकृत सुनिता रिमाल, लेखा अधिकृत दिलबहादुर खड्का, बाबुराम पौडेल लगायत अन्य कर्मचारीहरू, स्थानीय बुद्धिजीवी समाजसेवी प्रहरी प्रशासनका प्रतिनिधिको उल्लेखनीय उपस्थिति रहेको थियो।

संविधान दिवसको यस विशेष अवसरमा गाउँपालिकाले लोकतान्त्रिक मूल्य र मान्यताको संरक्षण तथा समृद्ध नेपाल निर्माणमा सबैलाई एकजुट भएर लाग्न आह्वान गरेको छ।



