बराहक्षेत्र । संविधान दिवसको अवसरमा बराहक्षेत्र नगरपालिका–१० द्वारा दीप प्रज्वलन कार्यक्रम गरिएको छ ।
संविधान दिवसको उपलक्ष्यमा शुक्रबार साँझ वडा नं. १० अन्तर्गत प्रकाशपुर बजारस्थित मदन–आश्रित चौतारा अगाडि र वडा कार्यालयमा विशेष कार्यक्रम गरी दीप प्रज्वलन गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष तेजबहादुर गुरुङ रहे । कार्यक्रममा स्थानीय समाजसेवी, बुद्धिजीवी, शैक्षिक तथा बौद्धिक व्यक्तित्वहरू र जेनजी पुस्ताको सक्रिय उपस्थिति रहेको थियो ।
अध्यक्ष गुरुङले संविधानको महत्त्वबारे जागरण फैलाउने, राष्ट्रिय एकताको सन्देश दिने र वीर सहिदहरूप्रति उच्च सम्मान व्यक्त गर्ने उद्देश्यले दीप प्रज्वलन गरिएको जानकारी दिनुभयो ।


