इटहरी | पारस अटोमोबाइल्स, इटहरीले यस वर्षको दशैं–तिहार लक्षित गर्दै TVS "Festive Exchange" कार्यक्रम गर्ने भएको छ । असोज ५ गतेदेखि १२ गतेसम्म सञ्चालन हुने यस विशेष अफरमा ग्राहकहरूले पुरानो मोटरसाइकल वा स्कुटर साटेर नयाँ TVS सवारी साधन घर लैजाने मौका पाउने छन् ।
कार्यक्रम अन्तर्गत ग्राहकहरूले आकर्षक सुविधा पाउने छन् । जसमा १ लाख रुपैयाँसम्मको नगद छुट, १००० जनासम्मलाई ८ हजार रुपैयाँ बराबरको भाटभटेनी शपिङ भौचर, नागरिकता र लाइसेन्स भए पुग्ने तत्काल वित्तीय सुविधा, एक्सचेन्ज गर्दा अतिरिक्त १० हजार रुपैयाँको मूल्य थप सुविधा, साथै निःशुल्क हेल्मेट, ब्याग र बाइक कभर उपलब्ध गराइनेछ ।
यससँगै TVS कम्पनीले आफ्ना सबै मोडलमा Lifetime Warranty सुविधा समेत दिएको छ । पारस अटोमोबाइल्सका अनुसार यो अवसरले पुराना ग्राहकलाई नयाँ सवारी साधन खरिद गर्न थप सहज र किफायती बनाउने विश्वास गरिएको पारस अटो मोबाइल्सका सञ्चालक लिलानाथ लुइँटेलले जानकारी दिनु भयो ।


