इटहरी । सूर्योदय नगरपालिका–३ पशुपतिनगरस्थित बौद्धधाम क्षेत्रमा एक व्यक्ति मृत फेला परेका छन्। मृतक पाँचथर फाल्गुनन्द गाउँपालिका घर भइ हाल सूर्योदय–३ मा बस्दै आएका ३३ वर्षीय एगेस नेम्बाङ रहेको इलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाएको छ। नेम्बाङ विगत सात दिनदेखि हराइरहेका थिए। उनी हाल दाइ जितबहादुर नेम्बाङको घरमा बस्दै आएका थिए। स्थानीयको जानकारीपछि प्रहरीले शव फेला पारेको हो। फेला परेको शवलाई फिक्कल अस्पतालमा लगेर पोष्टमार्टम गरिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पशुपतिनगरले जानकारी दिएको छ ।


