भोजपुर | श्री पाँचधारे सरोकार समाज, टेम्केमैयुङ गाउँपालिका–९, पाँचधारेको आयोजनामा असोज २१ गतेदेखि खुल्ला महिला तथा पुरुष साविक वडा स्तरीय भलिबल प्रतियोगिता–२०८२ सुरु हुने भएको छ।
आयोजक समितिका अनुसार प्रतियोगिता पाँचधारे खेलमैदानमा सञ्चालन हुनेछ। उद्घाटन खेल असोज २१ गते दिउँसो ठीक ४ बजे सुरु हुने छ।
महिला तर्फ पहिलो स्थान हासिल गर्ने टिमले नगद १५ हजार रुपैयाँसहित ट्रफि, मेडल र प्रमाणपत्र पाउनेछ भने दोस्रो हुनेले नगद १० हजार रुपैयाँ, तेस्रोले ५ हजार रुपैयाँ र चौथो स्थान हासिल गर्ने टिमले २ हजार रुपैयाँ प्राप्त गर्नेछन्। त्यस्तै उत्कृष्ट महिला खेलाडीलाई १ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।
यस्तै पुरुष तर्फ प्रथम हुने टिमले २५ हजार रुपैयाँसहित ट्रफि, मेडल र प्रमाणपत्र पाउनेछ भने दोस्रो हुने टिमले १५ हजार रुपैयाँ, तेस्रोले १० हजार रुपैयाँ र चौथो हुनेले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। साथै उत्कृष्ट पुरुष खेलाडीलाई २ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्रदान गरिने टंक घिमिले जानकारी दिए ।
प्रतियोगितामा सहभागी हुने टिमले असोज २१ गते दिउँसो १ बजेसम्म दर्ता गरिसक्नुपर्नेछ भने टाईमसिट सोही दिन ३ बजे सार्वजनिक गरिनेछ।
आयोजक समितिले खेलाडी संख्या ९ (खेलाडी ७, प्रशिक्षक १ र व्यवस्थापक १) अनिवार्य हुने, खेलाडीले आफ्नो परिचय खुल्ने कागजात ल्याउनुपर्ने, खेल नकआउट आधारमा हुने लगायतका नियम तोकेको छ।
यस प्रतियोगिताबारे थप जानकारीका लागि टंक घिमिरे (९८४२५९४२७३) र बाबुराम शाक्य (९८६०५०८७३०) लाई सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ।


