इटहरी । भोजपुरको रामप्रसाद राई गाउँपालिकाको वडा नम्बर १, ओख्रेमा रहेको स्वास्थ्य चौकीलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबाट एम्बुलेन्स उपलब्ध भएको छ । बिगत १ बर्ष देखि विभिन्न कारणले रोकिएको एम्बुलेन्स वितरण कार्य महानगरले मंगलबार देखि सुरु गर्दैछ । पहिलो चरणमा देशभरका दुर्गम तथा मापदण्डका आधारमा छनौट गरिएका ३५ वटा गाउँपालिकालाई एम्बुलेन्स वितरण गरिने छ । जसमा ओख्रे स्वास्थ्य चौकी पनि परेको हो । एम्बुलेन्स वितरणका लागि पारदर्शी मापदण्ड बनाई स्वास्थ्य सुविधा अभावमा पिछडिएका स्थानलाई प्राथमिकता दिइएको हो । स्वास्थ्य सेवा पहुँच सबै नेपालीको आधारभूत अधिकार भएकाले पालिकाले पनि सोही अनुसार सेवा दिने गाउँपालिका अध्यक्ष थाम बहादुर राईले बताउनुभयो ।