दुहबी | दुहबी खानेपानी समितिले केही महिनाअघि एकपक्षीय रूपमा गरेको ४० प्रतिशत शुल्क वृद्धिविरुद्ध स्थानीयवासी आक्रोशित भएका छन्।
पानी जीवनको आधारभूत आवश्यकता भएको र सबैलाई सस्तो तथा सहज रूपमा उपलब्ध हुनुपर्नेमा समितिले महँगो बनाएको भन्दै उपभोक्ताले आपत्ति जनाएका छन्। उनीहरूको भनाइमा, चौतर्फी विरोध हुँदाहुँदै पनि समितिले गुनासो बेवास्ता गरेको छ।
“जनताको माग सम्बोधन होस्, अन्यथा दुहबीबासी खानेपानीको भ्रष्टाचारविरुद्ध एक भएर अघि बढ्छौं,” स्थानीयवासीले चेतावनी दिएका छन्।
उपभोक्ताले खानेपानी समितिका अध्यक्ष जिवन थापामाथि धाँधली गरेको आरोपसमेत लगाएका छन्। उनीहरूले शुल्क वृद्धि खारेज गर्दै सबैलाई सस्तो र शुद्ध पानी उपलब्ध गराउन राज्य र सम्बन्धित निकायलाई आग्रह गरेका छन्।


