इटहरी । सुन्दरहरैंचाका संस्थापक नगर प्रमुख शिवप्रसाद ढकालको पहलमा नगरपालिकालाई विभिन्न कार्यालय सामग्री हस्तान्तरण गरिएको छ । आरएनजी कंक्रिट प्रालिले १० थान स्टिल दराज र १० थान टेवल कम्प्युटर उपलब्ध गराएको छ । यस्तै सहारा पूर्वाञ्चल हाउजिङ प्रालि, रोयल बशिष्ठ हाउजिङ एण्ड रियल स्टेट प्रालि, विराट डेन्टल  क्लिनिक, शारदा हार्डवेयर, सलकपुर किराना स्टोर, जयश्री कंक्रिट प्रालि तथा केबी र अनिता श्रेष्ठले एक÷एक थान कम्प्युटर प्रदान गर्नुभएको हो । त्यसैगरी कञ्चनजंघा इन्डष्ट्रिज प्रालिले कम्प्युटर र प्रिन्टर एक÷एक थान, सुन्दरहरैंचा–७ का विशाल खरेलले २ थान प्रिन्टर र सिपीएन इन्फोसिस प्रालिले एक थान प्रिन्टर नगरपालिकालाई सहयोग गरेका छन् । संस्थापक नगर प्रमुख ढकालले नगरपालिकालाई आवश्यक सामग्री उपलब्ध गराउन सहयोग गर्ने सबै संस्था प्रति आभार व्यक्त गर्नुभएको छ  ।