इटहरी । झापाको बिर्तामोडमा जङ्गली हात्तीको आक्रमणमा परेर एकजनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बुधबार राति बिर्तामोड नगरपालिका– ७ खालवाडीमा हात्तीको आक्रमणमा परेर स्थानीय २७ वर्षीय सहि मो। मियाको मृत्यु भएको हो । जङ्गली हात्तीको आक्रमणले क्षतिविक्षत रुपमा मानिस शव फेला परेको स्थानीयले बताएपछि तत्कालै प्रहरी गएर कानुनी प्रक्रिया पूरा गरी शवको पहिचानमा लागेको र बिहीबार बिहानमात्र शवको पहिचान भएको जनाइएको छ । हात्तीले कुल्चिएर डाम शरिरभरी रहेको जनाइएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । केही समययता झापाको बिर्तामोड हात्तीको प्रभावित क्षेत्रको रुपमा रहँदै आएको छ ।