इटहरी । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर – ७ मा अवस्तित गछियामा रहेको प्रहरी चौकीलाई स्वतन्त्र नागरिक समाज सुन्दरहरैँचा मोरङले झ्यालमा लगाउने पर्दा वितरण गरेको छ । वडा अध्यक्ष भुवन सिंह आले मगरको उपस्थितिमा स्वतन्त्र नागरिक समाज मोरङका अध्यक्ष नेत्र प्रसाद चम्लागाई लगायतको टिमले उक्त पर्दा वितरण गरेको समाजका प्रवक्ता नर बहादुर गुरुङले जानकारी दिनुभयो । प्रवक्ता गुरुङका अनुसार प्रहरी चौकीलाई २९ थान झ्यालमा लगाउने पर्दा उपलब्ध गराएको बताउनुभयो । संक्षिप्त कार्यक्रममा बोल्दै वडा अध्यक्ष आले मगरले स्वतन्त्र नागरिक समाजले जनताको शान्ति सुरक्षाको लागि बसेका प्रहरी चौकीलाई पर्दा वितरण गरेर प्रसंसनिय कार्य गरेको बताउनुभयो । यस्तै कार्यक्रममा आफ्नो मन्तव्य राख्दै समाजका अध्यक्ष चम्लागाईले प्रहरी चौकीलाई पर्दा दिन पाउँदा खुशी लागेको र आगामी दिनहरुमा पनि सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । प्रहरीलाई आवश्यक पर्ने पर्दा सहयोग गरेको भन्दै प्रहरी चौकी गछियाका इन्चार्ज गणेश दाहालले समाजलाई धन्यवाद दिंदै आगामी दिनहरुमा पनि समाजबाट यस्तै सहयोगको अपेक्षा राखिएको बतउनुभयो । इन्चार्ज दाहालले चाडपर्व नजिकिदै गरेको भन्दै गाउँ समाजमा कुनै पनि संकास्पद गतिविधि भएमा तुरुन्तै प्रहरीलाई खबर गर्न पनि आग्रह गर्नुभयो । कार्यक्रममा समाजका विभिन्न पदाअधिकारी तथा प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।


