इटहरी । मिक्लाजुङ गाउँपालिका–२ नं वडा कार्यालयले कुनै पनि घरपरिवारमा असामयिक निधन भएमा मृतक परिवारलाई सहयोग गर्ने निर्णय गरेको छ । वडा कार्यालयको २०८२ असोज ९ गतेको निर्णय अनुसार स्थायी रूपमा बसोबास गर्दै आएका परिवारका सदस्यको असामयिक निधन भएको अवस्थामा मृतकको अन्त्येष्टि मलामी खाजा तथा सदगद कार्यक्रमका लागि १० हजार रुपैयाँ बराबरका सामग्री उपलब्ध गराइने व्यवस्था गरिएको छ । यस कार्यक्रमबाट मृतक परिवारलाई दुःखको घडीमा सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ । मृतकका परिवारजनलाई आवश्यक जानकारी सहित वडा कार्यालयमा सम्पर्क गर्न आग्रह गरिएको छ ।