सुनसरी | ज्योति विकास बैंक झुम्का शाखाले सामाजिक उत्तरदायित्वअन्तर्गत इलाका प्रहरी कार्यालय पकलीलाई कम्प्युटर र प्रिन्टर सहयोग गरेको छ ।
भदौ २४ गते इटहरीमा जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त भएको इलाका प्रहरी कार्यालयलाई कामकाज सहज बनाउनका लागि बैंकले सहयोग गरेको हो ।
बैंकका झुम्का शाखा प्रबन्धक प्रकाश पराजुलीले बिहीबार प्रहरी निरीक्षक लेखनाथ दाहाललाई एक थान कम्प्युटर र एक थान प्रिन्टर हस्तान्तरण गर्नुभएको हो । सो अवसरमा बैंकका शाखा कर्मचारी गोपाल मेहताले समेत सहयोगबारे जानकारी दिनुभयो ।
जेनजी आन्दोलनका क्रममा सुनसरीका २८ सरकारी तथा निजी संरचना क्षतिग्रस्त भएका थिए । तीमध्ये इटहरी उपमहानगरपालिका, इनरुवा, दुहबी, भोक्राहा नरसिंह, कोशीसहितका स्थानीय तहका कार्यालय भवन, इलाका प्रहरी कार्यालय इटहरी र पकली, साथै विभिन्न स्थानीय तहका जनप्रतिनिधिका घरहरूमा तोडफोड र आगजनी भएको प्रारम्भिक विवरणमा उल्लेख छ ।


