इटहरी । गत भदौ २४ गतेको आन्दोलनबाट दुहबी नगरपालिकामा आगलागी र लुटपाट हुदा दुह्बी नगरपालिकामा भएको अकल्पनिय क्षतीउपर हाल बिभिन्न निकायका सहयोगी हातहरु अगाडि बढेका छन् । केहिदिन अगाडि एसियन ल्यादर फ्याक्ट्रीले कम्युटर हस्तान्तरण गरेको थियो भने आज पुन मोरङ ब्यापार संघ सि एन आई कोशी, उध्योग संगठन मोरङले विभिन्न सामाग्री हस्तान्तरण गरेका छन् । दुह्बी नगर प्रमुख वेदनारायण गछादारलाई मोरङ ब्यापार संघका निर्देशक कृष्ण रेग्मि, सि एन आइ कोशीका निर्देशक बिजयहरी शर्मा, उयोग संगठन मोरङका माहानिर्देशक चुडामणी भट्टराइले आज उक्त सामाग्री हस्तान्तरण गर्नुभएको हो । उहाहरुले कम्युटर २ थान, पृन्टर २ थान, दुबै तर्फ घरा भएको टेवल २ थान, रिवल्भिङ टेवल २ थान, भिजिटर चियर ४ थान, स्टिल दराज १ थान र बुक केश १ थान गरि करिब ३ लाख बराबरको सामग्री मेयर गच्छादारलाई हस्तान्तरण गर्नुभएको हो । आन्दोलनका क्रममा क्षती भएका दुहबी नगरपालिकाको भौतिक तथा प्रशासनिक सामाग्रीहरु ठुलो मात्रमा क्षती भएको हुदा सहयोगी हातहरु सबैले हातेमालो गरेर नगरपालिका पुर्णरुपमा सन्चालनका लागी सहयोग गरिदिन नगर प्रमुख गच्छादारले आव्हान गर्नुभएको छ ।


