इटहरी । जेनजी आन्दोलनका क्रममा तोडफोड, लुटपाट र आगजनीबाट क्षतिग्रस्त भएको मोरङको सुन्दरहरैचा नगरपालिकालाई सिद्वार्थ सेकेन्डरी स्कूलले सामाग्री हस्तान्तरण गरेको छ । नगरको सेवा प्रवाहमा सहजता ल्याउनका लागि सिद्वार्थ बोडिङको तर्फबाट सामाग्री हस्तान्तरण गरिएको हो । सुन्दरहरैँचा नगरपालिकाको शिक्षा शाखाका लागि सिद्धार्थ सेकेन्डरी बोर्डिङ स्कुलले एक थान दराज, कुर्सी र टेबल प्रदान गरेको विद्यालयका प्रिन्सिपल अर्जुन वस्नेतले जानकारी दिनुभयो ।


