इटहरी । लेटाङ नगरपालिका–६ गुवाबारीमा शुक्रबार श्रमदान कार्यक्रम सम्पन्न भएको छ । श्रमदान कार्यक्रम देउजेमा भेला भई सो स्थानबाट खोला सम्म बाटो पुर्ने र बाटोको साइडमा रहेका झाडीहरू फाड्ने काम गरिएको हो । कार्यक्रममा स्थानीय श्रमदाताहरूको उल्लेखनीय उपस्थिति रहेको स्वतन्त्र नागरिक समाजका संयोजक भवानी माखिमले जानकारी दिनुभयो । संयोजक माखिमका अनुसार यस प्रकारका श्रमदानले गाउँठाउँ उज्यालो बनाउन र पूर्वाधार सुधारमा महत्वपूर्ण योगदान पु¥याइरहेको छ।


