इटहरी । झण्डै १२ किलो लागुऔषध गाँजासहित दुई महिलालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरीक्षक राजन चापागाईका अनुसार जिल्लाको उदयपुरगढी गाउँपालिका–७ कमानबाट ती महिलाहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा सिराहा जिल्ला लहान नगरपालिका– बस्ने ४० वर्षीया अस्मिता राम र वडा नं १७ बस्ने ४५ वर्षीया लिलादेवि राम रहेका छन् । बराबद ११।८५२ केजि लागुऔषध बिक्री गर्न लैजाँदै गर्दा बरामद गरिएको र यसबारे अनुसन्धान भइरहेको प्रहरी उपरिक्षक चापागाईले बताउनुभयो ।


