इटहरी । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं.–९ मा रहेको बाल सदन एकेडेमीले दसैँको अवसरमा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा विद्यालयका बालबालिकाहरूलाई विभिन्न देवी–देवताको रुपमा प्रस्तुत गरी सांस्कृतिक झलक देखाइएको थियो । यसै क्रममा शिक्षक तथा विद्यार्थीहरूले टीका र जमरा ग्रहण गर्दै बडादशैंको शुभकामना आदान–प्रदान गरेका थिए । विद्यालयका प्रबन्ध निर्देशक तथा प्याब्सन नगर सचिव सुर्य दंगालले दशैं पर्वको महत्वबारे प्रकाश पार्दै यसले आपसी सम्बन्ध मजबुत बनाउने र संस्कृतिको संरक्षणमा योगदान पु¥याउने बताउनुभएको थियो । साथै, विद्यार्थीलाई दशैंको ऐतिहासिक, धार्मिक र सामाजिक महत्वबारे जानकारी पनि दिइएको थियो । कार्यक्रममा अभिभावक, शिक्षक, विद्यार्थी तथा स्थानीय समुदायको उत्साहजनक उपस्थिति रहेको विद्यालयले जनाएको छ ।