इटहरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाको कार्यालय तथा नगरका सबै वडा कार्यालयहरूको मर्मत सम्भार कार्य भइरहेको छ । गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा आगजनी तथा तोडफोड भएपछि नगरपालिका र १० वटै वडाका कार्यालयहरूको फर्निचर , आवश्यक कागजात, अभिलेख, भौतिक संरचनाहरू तोडफोड सहित जलेर खरानी भएका थिए । सबै वडाहरूले आआफ्नो तवरले वडाभित्रका विभिन्न संघसंस्था , उद्योगी व्यवसायी तथा सामाजिक व्यक्तित्वहरूले पुनः वडाको कार्यहरू सञ्चालन गर्नका लागि आवश्यक सामग्रीहरू कुर्सी, टेबल, कम्प्युटर, झ्याल,ढोका, खानेपानी ट्याङ्की, पङ्खा जस्ता विभिन्न आवश्यक सामानहरु सहयोग स्वरुप उपलब्ध गराइरहेको नगरका नगर प्रवक्ता नविनजंग कार्कीले जानकारी दिनुभयो । वडा कार्यालयहरूको पूर्ण मर्मत समाज तथा पुनस्र्थापना गर्नका लागि अझै धेरै सामग्रीहरूको अभाव खड्किरहेको जनप्रतिनिधिहरूको भनाइ रहँदै आएको छ । यद्धपी, दशैं पछाडि जनतालाई दैनिक सेवा सुचारु गरिने तयारी गरिएको छ ।


