इटहरी । स्वतन्त्र नागरिक समाज मोरङले जनचेतनामुलक कार्यक्रम तथा सार्वजनिक यातायातमा डस्टविन वितरण गरेको छ । शुक्रबार मोरङको सुन्दरहरैंचा –७ मा रहेको गछिया चोकमा आयोजित कार्यक्रममा सार्वजनिक यातायातमा यात्रा गर्ने ड्राइभर तथा यात्रुहरुले गाडी भित्र खाएको भोला,चाउचाउ,पानीको बोतल बाहिर सडकमा नफालुन भन्ने उदेश्यले गाडी मै डस्टविन वितरण उपलब्ध गराईएको हो । यात्रा गर्दा यात्रुहरुले उत्पादित फोहोरलाई व्यवस्थापन गर्न डस्टविन वितरण गर्दै स्वतन्त्र नागरिक समाज मोरङका अध्यक्ष नेत्र प्रसाद चम्लागाईले “हाम्रो शहर, सफा स्वच्छ राख्ने सबैको रहर” भन्ने नाराका साथ फोहरमैला सङ्कलन र वातावरण सफा राख्न सहयोग पुग्ने बताउनुभयो । कुनै पनि स्थानको पहिचान सरसफाईमा आउने भएकोले आफ्नो र स्थानको पहिचान दिलाउनको लागि सडक,टोल, समाज र नगरको सरसफाईमा लाग्नुपर्ने अध्यक्ष चम्लागाईले बताउनुभयो । समाजले बाटोमा जथाभावी फ्याकिने फोहोर व्यवस्थापनमा सहयोग पु¥याउनेछ भन्ने हेतुले गाडीमै डस्टविन वितरण गरेको जनाएको छ । स्वतन्त्र नागरिक समाज मोरङको चहाना, भ्रष्टचार, बेथिति र विसङती मुक्त समाज स्थापना भन्ने मुल नाराका साथ स्थापना भएको स्वतन्त्र नागरिक समाजले गरिव तथा समाजमा पिछडिएका वर्गहरुलाई पनि सहयोग गर्दै आएको छ । कार्यक्रममा समाजका पदाअधिकारी तथा ट्राफिक प्रहरीहरुको उपस्थिति रहेको थियो ।


