बराहक्षेत्र | सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नं. १०, प्रकाशपुर बजारमा रहेको आमा मन्टेश्वरी स्कुलले बडादशैं, दीपावली र छठ पर्वको शुभकामना आदानप्रदान गर्न एक सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छ।

यस शुभकामना कार्यक्रमको अवसरमा विद्यार्थी तथा शिक्षकहरूले सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरेका थिए। कार्यक्रममा स्कुल संचालक श्याम कटुवाल, सम्पूर्ण शिक्षक , विद्यार्थी तथा अभिभावकहरूको सहभागिता रहेको थियो।

नेपालीहरूको महान चाड बडादशैं, दीपावली र आगामी छठ पर्व २०८२ सालको अवसरमा शुभकामनाहरूको आदान-प्रदान तथा सांस्कृतिक प्रस्तुतिबाटै कार्यक्रम सञ्चालन गरिएको आमा मन्टेश्वरी स्कुलले जनाएको छ।IMG-20250928-WA0049