भोजपुर | २०७२ सालमा गएको विनाशकारी माह भूकम्पले देशका १४ जिल्लालाई तहसनहस बनएको थियो । भूकम्पका कारण अरबौँको क्षति हुनका साथै हजारै मानिसले ज्यान गमाएका थिए । भूकम्पले क्षति ग्रस्त बनाएका संरचनाहरूको राज्यले अझै पनि पुनःर्निमार्ण गर्न सकिरहेका छैन । कतिपय संरचनाहरू अझै पनि टेकोमै अडाएको छ । जुन भुकम्प गएको नौ वर्ष परा भैसक्दा पनि क्षति ग्रस्त भएका संरचनाहरुले पूर्णत पाउन सकिरहेको छैन । राज्य संचालन गर्ने शासकहरू नै यसप्रति जिम्मेवार नहुदाँ आज यो अवस्था र्सिजना भएको हो । भूकम्पका कारण छेदबिछेद भएका खानेपानीका महान र पाईपलाईनहरु भूकम्प प्रभावित जिल्लाहरूमा पुनःर्निमार्ण हुन नसक्दा सर्वसाधारण नागरिकले अहिले पनि सास्ती व्यहोर्ने बाध्य भएका छन् । तर भूकम्पले आंशिक रुपमा क्षति गरेको भोजपुर जिल्लामा भने अहिले खानेपानीको समस्याबाट मुक्त भएका छन् ।

वि।सि २०७२ साल वैशाख १२ गते गएको विनाशकारी भूकम्पका कारण वर्षेनी खानेपानीको समस्या झेलिरहेको भोजपुरको पूर्वी अरुण गाउँपालिका वडा नंं। ५ याकुमा याकु सोलार लिफ्ट खानेपानी योजना मार्फत करिव ३ करोड ५० लाखको लागतमा बनेको याकु सोलार लिफ्ट खानेपानी संञ्चालन भएपछि अहिले आरुखर्कमा खानेपानी घरघरमा पुगेपछि स्थानीयको अनुहारमा खुशीको मुहारले भरिएको छ ।

भोजपुर जिल्लाको पूर्र्वी अरुण गाउँपालिका वडा नं। ५ याकुको आरुखर्क पाथिभरा, कट्टी, खाल्डे, मैदाने, माक्सुवा र देउराली डाँडा लगायतका गाउँमा २०७२ सालको विनाशकारी भुकम्पका कारण वडा नंं। ५ याकुको धेरै ठाउँमा खानेपानीको मुहानै सुकेर गएको थियो । याकुको धेरै ठाउँमा खानेपानी सुकेपछि त्यहाँका स्थानीयाहरुले सास्ती मात्रै पाएन । त्यहाँका बालबालिका देखि लिएर वृद्धावस्था सम्मका सबैले सस्ती ब्यर्हानु परिरहेको थियो झन विद्यार्थीहरूले त धेरै नै दुख थियो ।

अरुण गाउँपालिका वडा नं। ५ याकुको सोलार लिफ्ट खानेपानी योजना मार्फत करिव ३ करोड ५० लाखको लागतमा बनेको याकु सोलार लिफ्ट खानेपानी योजना मार्फत अहिले आरुखर्कका १ सय ८५ भन्दा बढिको घरघरमा खानेपानीको सुविधा घरमै पुगेपछि वर्षौदेखि टाढाबाट खानेपानी बोक्नु पर्ने बाध्यता हटेको भन्दै स्थानीयहरू खुशी भएका छन् । पानीको अभावको कारण यहाँका मानिसहरू बसाई सर्न सम्म बाध्य भएका थिए तर अहिले पानी घरघरमा आउन थाले पछि यहाँका बस्ती नै हरियाली हुनको साथै स्थानीयाहरुले घरमै खानेपानी आउँनु थालेपछी मुख्य गरेर गृहिणीहरु उक्त खाली समयलाई तरकारी खेती र पशुपालनमा लगाई राम्रो आम्दानी समेत गर्न थालेका छन् ।Messenger_creation_B15C139C-ECC9-42D6-874B-8923E95BDB29

याहँका स्थानीयाहरु खानेपानी लिनुका लागि राती २ वजे उठेर २ देखि ३ घण्टा समय लगाएर याहाका मानिसको पानी लिन जानु पर्ने बाध्यता थियो । पानी लिन जादाँ धरोमा लाईन बस्नु पर्दा झन समस्या थपन्थ्यिो घण्टौ लगाएर कुवामा लाईन बस्नु पर्ने बाध्यता हटे पछि पूर्वी अरुण गाउँपालिका वडा नं। ५ याकुका गृहेणी महिलाको सास्ती अन्त्य भएको छ । खानेपानी घरमै आउन थालेपछि पानी लिन जाने समयमा अरु आय आर्जनका काम गर्न पाएको स्थानीयले बताएका छन् ।