इटहरी । नेपालीहरुको महान चाड बडा दशैँको सातौ दिन धनकुटामा भव्यताका साथ फूलपाती बढाई गरिएको छ । धनकुटाको प्रशिद्ध धार्मिकस्थलका रुपमा चिनिने निशान भगवति मन्दिरबाट डोलीमा निशानलाई बोकेर बजार परिक्रमा गरि तल्लो टुँडिखेलमा पु¥याई विधिवत रुपमा पूजा आजा गरी फूलपाति बढाइँ गरीएको हो । धनकुटा नगरपालिका–६, स्थित विच बजारमा रहेको निशान भगवति मन्दिरमा वि.स. १८३१ साल देखि फूलपाती बढाई गरीदै आएको छ । मन्दिरबाट डोलिमा निशान बोकेर बजारका विभिन्न भाग परिक्रमा गरीएको थियो । डोलिमा बोकेर निकालिएको निशान भिमषेन थान, भिमनारायण चोक, माथिल्लो कोप्चे तल्लो केप्चे हुँदै तल्लो टुँढिखेलमा ल्याएर विधिवत रुपमा पूजाआरधना गरी समापन गरिएको थियो। फूलपाति बढाईमा नेपाली सेना, शसस्त्र र नेपाल प्रहरीको टुकडीले सलामी समेत दिईएको थियो । यस्तै फूलपाती बडाई पूजाआजा सकेर पुनः धनकुटा बजार परिक्रमा गरी निशान भगवती मन्दिरमा लगेर भिर्याईएको थियो । करीब एक शताब्दी अघिदेखी धनकुटामा यसरी नै फूलपाति बढाई गरीदै आएको र झाकि सहित निशान देवीमा असोक, केरा जयन्ती, हलेदो वेलपत्र, धान, सामा, दारीम र माने लगायतका विभिन्न नौ प्रकारका वनस्पतिका साथ डोलिमा राखेर विषेश पजा गर्ने चरल रहेको निशान भगवति मन्दिर व्यपस्थापन समितिका सचिव जनार्दन घिमिरे गोठालेले बताउनु भयो। फूलपाती बडाई हेर्न सर्वसाधारण देखी अन्य प्रशासन, राजनीतिकर्मी, सञ्चारकर्मी, नागरीक समाजका प्रतिनिधि लगायतको बाक्लो उपस्थिती रहेको थियो। झाँकी सहितको निशानदेवी तथा विभिन्न नौ प्रकारका वनस्पतिका साथ डोलीमा राखेर विशेष पुजा गर्ने प्रचला रहेको छ । नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमद्धेवी भागवत र अन्य देवी स्तोत्रको पाठ पारायण पनि गरिन्छ ।


