इटहरी । मेची करिडोरअन्तर्गत केचना( कञ्चनजङ्गा सडकमा सवारी आवागमन बन्द गरिएको छ । हिजोबाट लगातारको अविरल वर्षाका कारण सम्भावित विपदजन्य जोखिम न्यूनिकरणका लागि सो सडक खण्डमा यातायात आवागमन बन्द गरिएको सडक डिभिजन इलामले जनाएको हो । इलामको जोरकलशदेखि ताप्लेजुङको सुकेटारसम्म तथा मेची करिडोरको केचना कञ्चनजङ्गा सडकमा बेलुकी ७ बजेदेखि बिहान ६ बजेसम्म साना ठूला सवारीसाधन पूर्ण रुपमा बन्द गरिएको छ ।


