इटहरी। जिल्ला प्रहरी कार्यालय धनकुटामा कार्यरत करिब एक सय जनाभन्दा बढी प्रहरीको निःशुल्क आँखा जाँच गरी चस्मा वितरण गरिएको छ । विश्व दृष्टि दिवस तथा ७० औं प्रहरी दिवसको अवसरमा आँखा जाँच तथा चस्मा वितरण गरिएको हो । नेपाल नेत्रज्योति सङ्घ डा। रामप्रसाद आँखा अस्पताल धनकुटाको आयोजनामा आँखा जाँच कार्यक्रममा गरिएको थियो । जिल्ला प्रहरी कार्यालय धनकुटा र मातहतका प्रहरी पोष्टमा कार्यरत करिब एक सयभन्दा बढीको निशुल्क जाँच गरी चस्मा समेत वितरण गरिएको थियो । दैनिक जनताको सेवामा खटिने प्रहरीलाई सहज र सरल होस् भन्ने उद्देश्यले निःशुल्क आँखा जाँच गरी चस्मा वितरण गरिएको डा।रामप्रसाद पोख्रेल अस्पतालका केन्द्रीय प्रवक्ता द्रोणप्रसाद गुरागाईंले जानकारी दिनुभयो । यस्तै आँखा जाँच ट्राफिक प्रहरी र प्रहरी कार्यालयमा कार्यरत कर्मचारीहरुको समेत गरिएको थियो । यस्तै देशभरिका सबै प्रहरीहरुको आँखा जाँच गरिएको जनाइएको छ । नेपालभर रहेका २८ वटा आँखा अस्पताल जसले भेट्ने साथै सहज हुने स्थानमा नेपाल प्रहरीको आँखा जाँच गरिने जनाइएको छ ।


