इटहरी । सुनसरीमा १३ वर्षीया बालिकामाथि सामूहिक बलात्कार भएको छ । दसैँको टीकाको दिन ९१६ असोज० सुनसरीको बर्जु गाउँपालिका ६ मा बालिकामाथि सामूहिक बलात्कार भएको घटना सार्वजनिक भएको हो । घटनामा संलग्न भएको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । चिमडी मेला घुम्न गएको बेला बालिकामाथि बर्जु गाउँपालिका ६ स्थित चन्दा मोहन बाँधमा लगेर जबरजस्ती करणी गरेको आरोपमा बर्जु ६ का २१ वर्षीय बुधनारायण चौधरी, २१ वर्षीय विजय साह र अर्का एक १५ वर्षीय एक बालकलाई पक्राउ गरिएको छ । घटना भएको तीन दिनपछि गत शनिबार उनीहरूलाई पक्राउ गरिएको हो। १६ असोजको राति १० बजेतिर उनीहरूले बालिकामाथि जबरजस्ती करणी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । बालिका हाल उपचाररत छिन् । पक्राउ परेका उनीहरूमाथि सुनसरी जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी सुक्ष्म रूपमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


