इटहरी । स्विटजरल्याण सरकारको स्विस बिकास नियोगका प्रतिनिधिले गत भदौ २४ को आन्दोलनमा आगलागीमा परी क्षेती भएको दुहबी नगरपालिकामा स्थलगत अध्ययन तथा निरिक्षण गरेका छन्। नियोगका टिम लिडर गुण राज श्रेष्ठ सहितको टोलिले बुधबार दुहबी नगरप्रमुख वेदनारायण गच्छादार, उपमेयर मेनुका खतिवडा, वडा नम्बर ३ का अध्यक्ष माधव भण्डारी, ४ का अध्यक्ष मुस्तकिम मिया, ५ का अध्यक्ष रमेश रौनियार र प्रमुख प्रशासकिय अधिकृत सुवर्ण घिमिरेलाइ भेट गरी नगरपालिका र वडा सन्चालनका लागी प्राथमिकिकरणका आधारमा प्रारम्भिक अफिस संचालन उपकरण आवस्यकताबारे जानकारी लिएका छन् । नगरपालिका र वडाहरु तत्काल सन्चालनमा ल्याउन कप्युटर डेस्कटप, ल्यापटप, प्रीन्टर, फोटोकपी मेशिन, डिजिटल बोर्ड, साथै प्राबिधिक शाखाका लागी लेवल मेशिन लगायत आवस्यक रहेको नगरप्रमुख गच्छादार र वडा अध्यक्षहरुले जानकारी गराउनुभएको थियो । नियोगका टिम लिडर श्रेष्ठले नगर तथा वडा सन्चालनका लागी प्राथमिकिकरणका आधारमा सकेसम्मको उपकरणहरु केहि साताभित्र उपलब्ध गराउने प्रतिबद्दता ब्यक्त गर्नुभयो । नियोगले कोशी प्रदेशका ३६ पालिका र ४० वडा कार्यलयमा उपारण सहयोग गर्ने लक्ष्य लिएको छ भने पहिलो चरणमा मोरङ सुनसरी र झापामा सहयोग जुटाउदै छ ।


