इटहरी । परोपकार संस्था इटहरी–४ ले एक गरिब, दुखी र कुष्ठरोगबाट पीडित परिवारलाई लत्ता–कपडा, खाद्यान्न र सुत्ने खाट वितरण गरी सहयोग गरेको छ । सस्थाका संस्थापक अध्यक्ष धात्री प्रसाद घिमिरे स्वयं उपस्थित भई बिन्देश्वर सदा नामका विपन्न व्यक्तिलाई राहत सामग्री हस्तान्तरण गर्नुभएको हो । स्थानियहरूका अनुसार, उक्त बस्तीमा करिब ३० देखि ४० घरधुरी रहेका छन्। तर अहिलेसम्म सरकारले कुनै किसिमको सहयोग उपलब्ध गराएको छैन। सो क्षेत्रमा शौचालय, खानेपानी र अन्य आधारभूत सुविधा अभाव रहेकाले स्थानीय बासिन्दाहरू कठिन जीवन बिताइरहेका छन् ।


